मेरो देश

Posted on : 15 March 2024
Views : 926

मेरो प्यारो जन्मभूमि,
यहींँ हो मेरो कर्मभूमि,
मेरो आफ्नै देशमा जिउँछु,
सबै पसिना यहीँ बगाउँछु ।

स्वर्ग भन्दा प्यारो छ,
प्रकृतिको सुन्दर सम्पदा यहीँ छ,
उत्तरमा चिसो हिमाल,
दक्षिणमा मिल्छ शीतल ।

बलभद्र भीमसेनको इतिहास छ,
बुद्धको बुद्धत्वको आभास छ,
के छैन त मेरो देशमा,
सबै थोक छ फरक फरक भेषमा ।

(Angels' Voice, Vol. 11)

सान्भी श्रेष्ठ

कक्षा -६, मुनाल