Posted on : 18 March 2024
Views : 797
कोपिलालाई फूलको रहर सधैभरी लाग्छ,
पुतली र भमराले फूलको सेखी झार्छ ।
यस्तै छ है हाम्रो जीवन कर्कलाको पानी,
बिग्री जाला जीवन फेरी सुधार्नु है बानी ।।
खोली सधैँ उधो बग्छ उँभो आउने छैन,
बिति सकेको समय फेरि हामीले पाउँने छैन ।
स्याउ रुपी प्वाक्क गाला बढ्ढो जवानी त्यहाँ,
अल्लारे छ उमेर सोच्नु हुन्न दायाँ वायाँ ।।
सिन्दुर पोते र टीकाले नसजिएकाहरू,
बन्धरुपी जन्जालमा नकसियकाहरू ।
उद्धेश्य के लिनु उडी हुनु चन्द्र एक,
मेहेनत गर्न छाडौँ भने जीवन बर्बाद ।।
बैँस आई ऐस गल्लाऊ थाहाँ नपाउँदामा,
जीवन यस्तै नास होला बाटो विराउँदामा ।
अतीतलाई सम्झिएर पछुताउनु पर्छ,
त्यसैले न बा आमाको अर्ती मान्नु पर्छ ।।
(Angels' Voice, Vol. 11)
सुमित्रा अर्याल
शिक्षक
