खै त मेरो अधिकार

Posted on : 19 March 2024
Views : 514

जन्मेपछि खेल्न पाउने
खै त मेरो अधिकार
तोते बोली बोल्न पाउने
खै त मेरो अधिकार ।

हिड्न नजान्दै विद्यालय जानुपर्ने
आफु खुशीले खेल्न पाउने
खै त मेरो अधिकार ।

गर्न सक्ने गरेकै छु,
जस पाउने हैन कहिले ।
मन दुखाई मेरो पनि छ,
यहाँ बुझ्ने है जहिले ।

बाबा, आमा व्यस्त हुने,
जहिले पनि मोबाइलमा ।
समय मैले पाएको छैन,
न्यानो काखमा बस्न ।
खै त मेरो अधिकार ।।

(Angels' Voice, Vol. 11)

सानु राना

शिक्षक