Posted on : 19 March 2024
Views : 632
प्रिय मेरा चेलाहरू,
सबैलाई पढाउने सबैलाई सिकाउने,
बोली नफुट्दै अक्षर चिनाउने,
सबैलाई अध्यारोबाट उज्यालोतर्फ डोर्याउने
रोइरहेका चेलाहरूको आमा बनी हाँस्न सिकाउने ।
म हुँ एउटा शिक्षक
हतासिएका र अतालिएकाहरूलाई सम्हाल्न सिकाउने,
सबैलाई माया प्रेम ठुलालाई आदर,
सानालाई माया गर्नु भनेर सिकाउने,
म हुँ एउटा शिक्षक ।
तर आज,
म आफै अध्यारोमा छु,
म आफैले नै मुस्कुराउन भुलेको छु,
म आफै हतासिएको छु र अतालिएको छु ।
अब तिमी नै भन त,
के म तिम्रो शिक्षक हुन लायकको रहें र ?
के म तिम्रो मार्गदर्शक बन्न लायकको रहें र ?
अझ सबै भन्दा महत्त्वपूर्ण प्रश्न,
के तिमी मेरो विद्यार्थी हुन लायकको रह्यौ र ?
प्रिय मेरा विद्यार्थी ।
सरकारले तिमीलाई मेरो चेला बन्न दिएन,
अनि मलाई तिम्रो गुरु ।
(Angels' Voice, Vol. 11)
मनिषा तामाङ
शिक्षक
