स्वस्थकर खाजा

Posted on : 20 March 2024
Views : 549

भोक्कै बस्नु हुन्न खानुपर्छ खाजा,
खाजा पनि हाम्रो लागि हुनुपर्छ ताजा ।

मःम, चाउमिन खान गर्नु हुन्न है रहर,
पेट दुख्छ, शरीर गल्छ, यसले गर्छ असर ।

मिठो मिठो खाजा मात्र रोज्ने गर्नु हुन्न,
स्वस्थ खाजा खानुपर्छ, मैले भनेको सुन ।

तरकारी र फलफूल खानुपर्छ ज्यादा,
यसले गर्छ शरीरमा सधैं धेरै फाइदा ।

(Angels' Voice, Vol. 11)

रबिना महर्जन

शिक्षक