नारी

Posted on : 21 March 2024
Views : 560

सारा जगत् यो झलमल्ल पार्ने,
सन्तान आवास सबै सिंगार्ने ।
नारी बिना यो जग हुन्छ शून्य,
नारी हँसाए पनि मिल्छ पुण्य ।।

यो देश आफ्नै घर यो समाज,
नारी बिना ठप्प हुनेछ काज ।
छैन हाँस्न सक्ने पिर त्यो पछारी,
देवी तिमी हौ अति शान्त नारी ।।

घोटेर हड्डी कमलो शरीर,
बोकेर सन्तान बनेर धीर ।
आफ्ना सबै खुशी ओझेलमा पारी,
बन्छिन् उनै शीतल त्यो छहारी ।

सन्तानको लागी मर्छु भन्ने,
नारी महान् आत्मा छ सृष्टि धन्य ।
नारी रूँदा देश नि रुन्छ जानौँ,
नारी त देवी सरि पूज्य ठानौँ ।।

(Angels' Voice, Vol. 11)

विना सुवेदी

शिक्षक