झिसमिस साँझको जुनकीरी

Posted on : 22 March 2024
Views : 554

गोधुली साँझको फिक्का
कोसेली यादको हिक्का ।।

पन्छिरहेका धमिलो बादल
बाउँडिरहेका गँठिलो कलेवर ।।

चिरबिर गानको सुस्केरी
झिसमिस साँझको जुनकीरी ।।

झिसमिस बिहानीको सिरेटो
किरमिर आकृतीको गोरेटो ।।

सूर्य उदाएको नौलो किरण
शुरु भएको नव जीवन ।।

(Angels' Voice, Vol. 11)

ममिता राई