प्रारम्भिक बालविकास तह

Posted on : 25 March 2024
Views : 692

बालक जब जन्मन्छ उसले यस संसारमा सिकाइका पाइलाहरू अगाडी बढाइरहन्छ । यस क्रममा बालक जन्मेको ३ वर्ष देखि पूर्व प्राथमिक तहका सिकाइको लागि विद्यालय पठाइएको पाइएको छ । नेपाली शिक्षाको पाठ्यक्रमले बालक ४ वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई शिशुविकास केन्द्रमा भर्ना गर्न सकिने व्यवस्था गरेको छ । यस तहमा बालबालिकाहरूलाई शारीरिक, मानसिक वा बौद्धिक संवेगात्मक र सामाजिक विकासका क्रियाकलाप आधार बनाइ विद्यालय प्रवेशको तयारी  हुन्छन् । यसतहका बालबालिकाहरूको शारीरिक मानसिक र बौद्धिक संवेगात्मक, सामाजिक विकास भनेको के हो, यी विकास हुन किन जरुरी  छ, विकास भएन भने सिकाइमा कुन-कुन कुरामा असर गर्छ भन्ने कुरा अभिभावक र शिक्षक-शिक्षिका सबैलाई ज्ञान हुनुपर्दछ । त्यसैले बालक पूर्ण रुपमा सिकाइ गर्न सक्षम हुनुको लागि सर्वाङ्गीण विकास भएको हुनुपर्दछ ।

बालकले जन्मसिद्ध आफ्नो क्षमता लिएर आएको हुन्छ । प्रत्येक बालबालिकामा आ-आफ्नो भिन्न प्रकृतिका क्षकता हुन्छ । प्रत्येक बालकको क्षमता पहिचान गर्नु र क्षमता अनुसारको वातावरण सृजना गर्नु नै अभिभावक र शिक्षक साथै विद्यालयको कर्तव्य हो । बालक रुनु, चिच्याउनु, लेख्नु, उफ्रिनु, हाँस्नु नै बालकमा हुनुपर्ने गुण हो । स्वस्थ बालक हुनको लागि आमाको गर्भावास्था देखि नै सजकता अपनाउनुपर्ने हुन्छ । त्यसैले स्वस्थ आमा बुबाबाट जन्मेको बालबालिका पक्कै पनि उसको विकासमा सिकाइमा समस्या हुँदैन भन्ने कुरा प्रमाणित भइसकेको छ ।

बालकको लागि पहिलो पाठशाला भनेको घर हो बालबालिकाहरूले आफ्नो घरमा उचित खालको वातावरण पाउनुपर्ने हुन्छ, जो बालकले बालमैत्री वातावरणमा हुर्केको छ उसको सिकाइ सफल हुन्छ । बालकको भविष्यको आधार ने यस तह हो, त्यसैले बालबालिकाको सर्वाङ्गीण विकासमा नकारात्मक असर पार्ने खालको वातावरणबाट जोगाउनु हाम्रो कर्तव्य हो । बालकसँग साथी जस्तै बन्नु, उसले खेल्दा वा हरेक क्रियाकलापमा हाम्रो सहभागीता भयो भने सिकाइमा सहयोग हुन्छ ।

बालबालिकाहरूले सिक्नको लागि हेर्दै, सुन्दै, छुँदै, बोल्दै, गाउँदै, रमाउँदै, सिक्दछन् । यस कुरालाई अबलम्बन गर्दै यस विद्यालयले पूर्व प्राथमिक तहमा सुरक्षित भवन र भुकम्परहित छ । बालबालिकाको सिकाइमा सहभागिताको लागि Playground, Classroom, Canteen, Washroom लाई सफा र बालमैत्री बनाइएको छ । बालबालिकाको सिकाइ प्रभावकारी बनाउनको लागि शिक्षण सामाग्री महत्त्वपूर्ण कुरा हो । त्यसैले प्रत्यक कक्षाामा शिक्षक सामाग्रीको उपलब्ध गराइएको छ । यस तहमा शिक्षण गर्दा Theme Base लाई प्रभावकारी बनाउँदै शिक्षिकाहरूले शिक्षण गरिरहनुभएको छ । यस तहको सिकाइले बालकको जीवनभरीमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । त्यसकारण बालबालिकाहरूलाई कुशल व्यवहारिक ज्ञान कसरी प्रभावकारी हुन सक्छ भन्दै अध्यापन गराइरहेका छौँ । बालकको सर्वाङ्गीण विकासको लागि समय समयमा शिक्षिका र आयाहरूलाई Training, Motivational Program को महत्त्वपूर्ण भूमिका छ । कक्षाको प्रवेश हुनुभन्दा पूर्व तयारीमा Daily Plan, Monthy Plan, Term Plan and Yearly Plan को साथ अध्यापन गराइरहेका छौ । अध्यापन गर्दा पक्कै पनि समस्याहरू आउँछन् । समयस्या के हो, कसरी पत्ता लगाउने र कसरी हल गर्ने भनि अभिभावकहरूसँगको सहकार्यबाट अध्यापन गराइरहेका छौँ । अध्यापनलाई प्रभावकारी बनाउन साथै बालकको सर्वाङ्गीण विकास गराउनका लागि  Music, Dance, Yoga, Practical Class, Field Visit लाई महत्त्वपूर्ण आधार बनाएका छौँ । बालबालिकाहरूलाई संस्कृति लगाएत विविध जानकारीको लागि जस्तै मठ-मन्दिर घुमाउने, चाडपर्वलाई कसरी मनाउने भन्ने कुराहरू बारेमा जानकारी दिने गरिएको छ ।

२०६५ साल देखि हालसम्म पूर्व-प्राथमिक तहको विद्यार्थी सङ्ख्या विवरण तल हरेको छ ।

Bimala 1

bimala

यी माथिका भनाइहरू, विद्यार्थी सङ्ख्या विवरणहरू यस विद्यालयको पूर्व-प्राथमिक तहका अभिभावक शिक्षक व्यवस्थापन समितिको ठुलो योगदान रहेको छ । अझैपनि भावियोजनामा यस तहमा वितेका दिनहरूलाई आधार बनाएर समसामायिक शिक्षाका लागि तपाईहरू सबैको सहयोग रहने आशा गर्दछु ।

(Angels' Voice, Vol. 11)

विमला पुन

पूर्व प्रथामिक तह संयोजक