Posted on : 31 March 2024
Views : 1017
प्राण भन्दा प्यारो लाग्च्व्छ मेरो देश
कति राम्रो भूभाग छन् तराई पहाड हिमाल
कञ्चनजङ्घा, माछापुच्छ्रे, ल्होत्से, सगरमाथा
सुन्दा पनि मन शितल गाउँबेशीको भाका
संसारभर परिचित मन्दिर नै मन्दिरको देश
बहुजाती भाषा धर्म अनेकथरी भेष
सिता, भृकुटी, गौतम बुद्ध जन्मिएको भूमि
पासांग ल्हामु हाम्रो चेली सगरमाथा छुनी
दुश्मन सामु नझुक्ने पुर्खा हाम्रो शान
यही शानले चिनिएको नेपालीको नाम
हेर्दा नै मन लोभ्याउने प्रकृतीको खानी
स्वर्ग जस्तो देशमा जन्म्यौ हामी भाग्यमानी
(Angels' Voice, Vol. 11)

एडिक्स्ना तामाङ
कक्षा-३, गण्डकी