गुरु (छन्द - झ्याउरे)

Posted on : 02 April 2024
Views : 711

गुरु हुन् हाम्रो ज्ञानका नदी त्यसैमा डुब्दछु ।
गुरु र शिष्य बीचको नाता मुटुले जोड्दछु ।।

ज्ञान देउ गुरु पढ्ने छु सदा यही छ रहर ।
यो मेरो सृष्टि उज्यालो रहोस् गर्दैछु रहर ।।

अज्ञानी मान्छे ज्ञानको झोला कसरी भिर्ने हो ।
मलाई दिएका तिम्रो त्यो दान कसरी तिर्ने हो ।।

न अरु केही पनि त छैन म ज्ञानी बन्नेछु ।
म ज्ञानी बनि यो विश्वभरी तिमीलाई चिनाउछु ।।

(Angels' Voice, Vol. 11)

वत्सल भट्टराई

कक्षा-१, कन्चनजंघा