Posted on : 02 April 2024
Views : 1891
आमा नै हुनु हुन्छ जसले हामीलाई जन्म दिनुको साथै हाम्रो हेरचाह पनि गर्नु हुन्छ । आमाको यो नातालाई संसारमा उच्च समान दिइन्छ । एउटी आमा संसारभरी दुख भोगेर पनि आफ्नो बच्चालाई उत्कृष्ट सुबिधा दिन चाहन्छिन् । मेरी आमाले मेरो जीवनमा धेरै महत्वपूर्ण भूमिका खेल्नु हुन्छ । उहाँ मेरो शिक्षिका र मार्गदर्शक हुनुको साथै मेरो सबैभन्दा मिल्ने साथी हुनु हुन्छ । जब म समस्यामा हुन्छु आमाको मायाले मेरो आत्मबिश्वास जगाउने काम गर्छ । म मेरो जीवनमा जे छु, मेरी आमाको कारणले मात्र छु किनकि उहाँ मेरो सफलता र असफलतामा मेरो साथ हुनु हुन्छ । त्यसैले हामी सधैं आमालाई माया गर्नु पर्छ । उहाँको दुख र पिर पिडालाई बुझ्नु पर्छ र एक असल सन्तान हुनु पर्छ । आमा भनेको हाम्रो जिउँदो भगवान हुन् जसले हामीलाई आफू नखाएर पनि हामीलाई पेटभरि खाना खुवाउँछिन् ।

दिनेश लोहनी
कक्षा-३, गण्डकी