बुबा (कविता)

Posted on : 24 February 2026
Views : 179

बुबा हुनु हुन्छ मेरो आश
मौन भएर पनि दिनु हुन्छ विश्वास
जीवनभरि अटल सहारा खास ।

घाममा जल्नु भयो, वर्षामा भिज्नु भयो
तर मुटुमा माया मात्र सिच्नु भयो
बुबा, तपाईं नै मेरो साँचो नायक हुनु हुन्छ ।

थाकेका खुट्टा, पसिनाले भरिएका हात
तर सधैं हाँस्ने अनुहार
त्यो नै हो मेरो बुबाको साँचो प्यार ।

(Angels' Voice, Vol. 13)

 

सम्पन्न कँडेल

कक्षा -५, भेरी