Posted on : 25 February 2026
Views : 379
सँग सँगै खेलौँला
सँग सँगै हिँडौला
चित्र झैँ सुन्दर भविष्य कोर्नु छ
अक्षर झैँ सुन्दर भविष्य लेख्नु छ
आँखाको नानी सबैको प्यारी
उमेरले सानी सबैभन्दा ज्ञानी
फूल हौ तिमी फुल्नै बाँकी छ
जून हौ तिमी चम्किनै बाँकी छ
फूली रहनु तिमी सबैको नजरमा
चम्की रहनु तिमी अध्याँरो सहरमा ।
(Angels' Voice, Vol. 13)
महशुस राई
कक्षा -४, धवलागिरि
