त्यो सानो बालकदेखि आजसम्म
त्यो सानो बालकदेखि आजसम्म
कति दु:ख कति पीडा दिएँ होला नि आमा
दिनु भयो त्यो न्यानो काख, माया र समता आजसम्म
दिनु भयो त्यो न्यानो काख, माया र समता आजसम्म
कति अटुट छ तिम्रो माया, तिम्रो दया ए आमा
म रुँदा कराउँदा पुछि दिनु भयो आँशु आजसम्म
सधैं मेरो निम्ति बाँच्ने, मेरो खुसीमा हाँस्ने मेरी आमा
मलाई पहिलो बोली बोल्न सिकायौ,
यो सारा संसार देखायौ
त्यसैले तिमी कति महान छौ आमा
त्यसैले तिमी कति महान छौ आमा
आफ्नो आँसु लुकाएर,
झुटो हाँसो देखाएर कसरी बाँच्नु भयो नि आजसम्म
आफ्नो गाँस दिएर,
मेरो सबै दु:ख लिएर कसरी हाँस्न सक्यौ नि आमा
तिमी त कति अनमोल छौ आमा, यो संसारमा
त्यो तीन महिने नानीले पनि खोज्छन् सधैं आफ्नी आमा
देखें सुने मैले आजसम्म सबै नानीका पहिलो बोली नै हो आमा
सबै नानीका पहिलो बोली नै हो आमा।
(Angels' Voice, Vol. 13)
सम्पदा चौधरी
कक्षा -४, धौलागिरि
