Posted on : 09 March 2026
Views : 39
चमेली, तिमी त फूल मात्र थियौ,
तर सुगन्धले मेरो जीवन भरिदियौ,
एकदिनको भेट हजारौँ सपना,
तर बिदाइमा किन आँसु दियौ ?
तिमी बिना बगैँचा सुनसान भयो,
हावा चले पनि सुगन्ध रहीरह्यो,
फूल मर्छ, तर सम्झना अमर रहन्छ,
चमेली .... तिमी गयौ,
म र यो मन त्यहीँ अल्झीरह्यो ।
(Angels' Voice, Vol. 13)
दिपसन गुरुङ
कक्षा -१०, ओ २
