शिक्षक र विद्यार्थीको सम्बन्ध

Posted on : 09 March 2026
Views : 217

शिक्षक ‌‌ज्ञानको दीयो
विद्यार्थी सपनाको पथिक
दुवैको सम्बन्ध उज्यालो
भविष्य बन्छ यस्तै ठिक ।

अनलाइनमा भेटिन्छ आज
क्लास हुन्छ स्क्रीनको पाटो
तर माया र आदरले भरेको
सम्बन्ध रहन्छ सधैँ मिठो।

शिक्षक बिनाको बाटो अन्धकार
विद्यार्थी बिनाको कक्षा सुनसान
दुवै मिलेर बनाउँछन् यात्रा
ज्ञान र अनुशासनको बिहान।

शिक्षक हुन् उज्यालो घाम
विद्यार्थी हुन् हरियाली काख
ज्ञानको किरण फैलाउँछन्
सपना हुन्छ पूरा जाग्रत आँख ।

पाठशाला होस् या अनलाइनमा
सन्देश एउटै हुन्छ शिक्षा
प्यार र अनुशासनको संगतले
जीवनमा फुल्छ निखारको दिशा।

विद्यार्थीको जिज्ञासामा
शिक्षकको धैर्य मिसिन्छ
सपनाको बाटो सजिलै
ज्ञानले मात्रै रंगिन्छ।

सम्बन्ध यो अमूल्य छ
पुस्तादेखि पुस्तासम्म बग्छ
शिक्षक विद्यार्थीको मेलले
समाजमा उज्यालो जाग्छ ।

(Angels' Voice, Vol. 13)

सानु राना

शिक्षक