मेरो साथी पेन्सिल

Posted on : 11 March 2026
Views : 187

हेर्दाखेरी सानो सानो, काम यसको ठुलो,
यसलाई साथी नबनाए जीवन हुन्छ धुलो ।
न त यसलाई खान दिन्छु नाता दिन्छु लाउन,
मान्छे भिड लाउँछन् यसको मिठो साथ पाउन ।
मलाई सधैँ साथ दिन्छ आफू मेटाएर,
म त मख्ख हुँदै साथी यसलाई पाएर ।
नाम के हो भन्ने चिन्ता तिमीलाई लाग्यो होला,
बिहान सँगै थियो पेन्सिल कता भाग्यो होला ।

(Angels' Voice, Vol. 13)

गृष्मा सुवेदी

कक्षा -१, मकालु