बुद्धिमान खरायो

Posted on : 20 March 2026
Views : 120

एकादेशमा एउटा जङ्गल थियो । त्यहाँ एउटा घमण्डी सिंह थियो । उसले ऊ मात्र ठुलो भनेर घमण्ड गर्थ्यो । एकदिन घमण्डी सिंहले गुफामा सबैलाई भोजन गर्न बोलायो । सबै जनावरहरू गुफामा आएर भोजन गरेर आ-आफ्नो घर जान लागेको बेलामा त्यो घमण्डी सिंहले भन्यो, "म एउटा शर्त राख्छु, तिमीहरूले मेरो खाना सधैं मेरो गुफामा ल्याइदिनु पर्छ ।" सबै जनावरहरूले उसको कुरा माने । तर त्यहाँ एउटा बुद्धिमान खरायोले बुद्धि लगाएर सिंहलाई भन्यो, "मैले हजुरजस्तै एउटा सिंह देखेको छु ।" घमण्डी सिंहले भन्यो, "छिटो भन्, कहाँ छ त्यो सिंह? म त्यसलाई भर्खरै मारिदिन्छु ।" बुद्धिमान खरायोले सिंहलाई नदीमा देखाएर भन्यो, "त्यो सिंह यो नदीभित्र लुकेर बसेको छ ।" घमण्डी सिंहले नदीमा हेर्यो र आफ्नो छायाँ देख्यो र मार्न हाम फाल्यो । घमण्डी सिंहलाई नदीमा पौडी खेल्न आउँदैन थियो । त्यो घमण्डी सिंह नदीमा डुबेर मर्यो ।

(Angels' Voice, Vol. 13)

प्रनिस गुरुङ

कक्षा -३, बागमती