मलाई बन्नु छ

Posted on : 24 March 2026
Views : 284

मलाई त्यो जून जस्तै बन्नु छ
जसले अध्याँरो रातलाई उज्यालोले सजाओस् ।

मलाई फूल जस्तै बन्नु छ,
जसले वसन्तलाई सुन्दर र रङ्गीन बनाओस् ।

मलाई त्यो शीतल मौसम बन्नु छ,
जसले हावाको झोंकासँगै मिठास फैलाओस् ।

मलाई त्यो नदी जस्तै बन्नु छ,
जसले जीवनलाई निरन्तर सजीव बनाओस् ।

मलाई त्यो डायरी बन्नु छ,
जसले मेरा हरेक शब्दलाई पाना-पानामा सजाओस् ।
मेरो हरेक सपनालाई यथार्थमा सजाओस् ।

(Angels' Voice, Vol. 13)

आयश्री कुँवर

कक्षा -३, बागमती