सिंह गुफाभित्र मस्तले निदाइरहेको थियो । त्यसैबेला एउटा सानो मुसा त्यहाँ आयो । अँध्यारोमा मुसा चिप्लेर निदाइरहेको सिंहमाथि खस्यो । मुसा सिंहको टाउकोमाथि पुग्ना साथ सिंह ब्युँझियो । सिंहले आफ्नो पञ्जाले च्याप्प समाएर मुसालाई खाना खोज्यो । मुसाले रुँदै बिन्ती गर्यो, "सिंह महाराज! मलाई नखानुस्, भविष्यमा म पनि हजुरलाई काम लाग्न सक्छु ।" मुसाको कुरा सिंहलाई ठिक लाग्यो । सिंहले मुसालाई छोडिदियो । त्यसको केही दिनपछि सिंह शिकारीले थापेको जालमा फस्यो । सिंहले जति कोसिस गर्दा पनि त्यस जालबाट उम्किन सकेन । साथीहरूसित कुराकानी गरिरहेको मुसाले सिंह गर्जेको सुन्यो । सिंह विपदमा परेको आशङ्काले मुसा सिंहको आवाज आएतिर गयो । मुसाले भन्यो, "सिंह महाराज! हजुरलाई म बचाउनेछु । हजुर धैर्य गरेर बस्नुस् ।" मुसाले जाल काट्न थाल्यो । केहीबेरमा नै सिंह जालबाट मुक्त भयो । सिंहले मुसालाई धेरै धेरै धन्यवाद दियो ।
(Angels' Voice, Vol. 13)
संस्कृति छन्त्याल
कक्षा -१, मकालु
