Posted on : 29 March 2026
Views : 95
प्रकृति हाम्रो सुन्दर छ,
रङ्गीबिरङ्गी सौन्दर्यको खानी छ ।
तालतलैया हिमाल पहाड सबै भरिएका छन्,
डाँफे, मुनाल, मयुर सबै यहीँ नाचेका छन् ।
अग्ला ती सेता हिमाल दाँत देखाइ हाँसेका छन्,
हाम्रो यस प्रकृतिमा सुन्दर चिज भरिएका छन् ।
संरक्षण गर्नुपर्छ हामीले यस प्रकृतिको,
बचाउनुपर्छ आउने पुस्ताका लागि चिनो यो धर्तीको ।
(Angels' Voice, Vol. 13)
प्रिन्सा बराल
कक्षा -४, धौलागिरि
