Posted on : 03 April 2026
Views : 336
कहिले चिरबिर चिरबिर गरि मुस्काउँछु त
कहिले शान्त भै आकाश मुनि पाताललाई निर्हार्छु ।
म हरेक वसन्तका पालुवाहरू बीच आफ्ना
पङ्ख फिजाई नाच्दै, गाउँदै, झुम्दै, कुण्ठित
पीडाका वहावलाई भुल्ने प्रयत्न गर्दछु ।
म त बेसहारा हुँ ! मेरो बास्थान भनु या त ओत भनु
जसको ठेगाना, म स्वयम् अन्जान छु ।
झरीका रातहरूमा निथ्रुक्कै भिज्छु
अनि तह तह घाम लाग्दा पानीका तप तप थोपाका
आशमा भौंतारिदै बिलाउने गर्छु ।
म यात्री पनि हुँ !
म त मानिसका आधुनिक यन्त्र भन्दा
मनमोहक सौन्दर्यमा मदहोस हुँदै संसार बिर्सिदिन्छु ।
(Angels' Voice, Vol. 13)
श्रीअंश श्रेष्ठ
कक्षा -१०, ओ२
