Posted On : 05 June 2019
Views : 1203
२०७६/०२/२२ गते बुधबार,
आज ४५ औं विश्व वातावरण दिवसमा तारकेश्वर नगरपालिका वडा नं १० द्वारा आयोजित कार्यक्रममा एन्जल्स हार्ट स्कुलको सहभागितामा बृहत जनचेतनामुलक र्याली सम्पन्न भयो। उक्त र्यालीमा विभिन्न स्कुलहरुका साथै विभिन्न संघ संस्थाहरुको पनि सहभागिता रहेको थियो। उक्त र्याली तारकेश्वर नगरपालिकाको गल्ली चोकहरुमा “स्वच्छ वातावरण स्वस्थ हाम्रो जीवन”, "वातावरण जोगाऔं", "जथाभावी फोहोर-मैला नगरौं", "रुख-बिरुवा रोपौं", "प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गरौं" लगाएतका विभिन्न नाराहरुका साथ् परिक्रमा गरी वडा कार्यालयमा गएर विसर्जन गरियो।
- समिर पराजुली
कृष्ण जिरेल
