Posted On : 26 January 2020
Views : 1200

एञ्जल्स् रिपोर्ट
२०७६-१०-१२ गते आइतबार ।


विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने साथै विद्यालयहरु बीचमा मित्रता कायम राखी खेलाडीहरुको प्रतिस्प्रधात्मक भावनाको विकास गरी अनुशासित एवं जिम्वेवारीपुर्वक आफ्नो शीप र कलालाई विकास गर्ने उद्देश्यले तरकेश्वोर न.पा. - १०, मनमैजुमा अवस्थित एञ्जल्स् हार्ट माध्यमिक विद्यालयको आयोजनामा सातौँ अन्तर विद्यालय अन्डर ग्रेड - ८ बास्केटबल टुर्नामेन्ट -२०७६ को यसै विद्यालयका अध्यक्ष श्री लिल बहादुर पुन, प्रिन्सिपल श्री धन बहादुर पुन लगायत विभिन्न वरिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा प्रमुख अतिथि नगर शिक्षा प्रमुख श्री होमनाथ न्यौपाने ज्युद्वारा उद्घाटन गरियो। 
यस प्रतियोगितामा विभिन्न विद्यालयबाट २० छात्र टिमहरुको सहभागिता रहेको छ । सहभागी टिमलाई ४ समुहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ । उक्त खेल आज मिति २०७६-१०-१२ गते आइतबारदेखि शुरु भइ माघ २० गते सम्पन्न हुने छ । 

BT 1

BT 2

BT 3

BT 4

- कृष्ण जिरेल
 संयोजक