Posted On : 30 January 2020
Views : 1206

BT 4

एञ्जल्स् हार्ट ‘ए’ ले सातौं एञ्जल्स् हार्ट कप अन्तरविद्यालय छात्र बास्केटवल प्रतियोगितामा बुधबार लगातार चौंथो जित हासिल गरेको छ । एञ्जल्स् हार्ट ‘ए’ ले एडेन ब्रिज एकेडेमीलाई ३०–२० को अन्तरले पराजित गरेको छ ।

बास्केटवल अन्तर्गत बुधबारै सम्पन्न अन्य प्रतिस्पर्धामा भ्याली पव्लिकले नेपाल मोडललाई २५–२३ को अन्तरले,  नेशनल युनाइटेडले ग्रिनल्याण्डलाई ३५–३० को अन्तरले, फ्लोरिसेन्टले नवोदितलाई २०–१५ को अन्तरले, ओडिसिले हर्ट लाइनलाई २५–२० को अन्तरले, बसुन्धारा नेशनल एकेडेमीले एञ्जल्स् हार्ट ‘बी’ लाई २०–१८ को अन्तरले र ओडिसिले फ्लोरिसेन्टलाई २१–१५ को अन्तरले पाखा लगाएको छ ।  यहि माघ १२ गतेदेखि सुरु भएको बास्केटवल कार्यक्रम २० गते समापन हुँदैछ ।

विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने साथै विद्यालयहरु बीचमा मित्रता कायम राखी खेलाडीहरुको प्रतिस्प्रधात्मक भावनाको विकास गरी अनुशासित एवं जिम्वेवारीपुर्वक आफ्नो शीप र कलालाई विकास गर्ने उद्देश्यले तारकेश्वर–१०, मनमैजुमा अवस्थित एञ्जल्स् हार्ट माध्यमिक विद्यालयको आयोजनामा सातौँ अन्तर विद्यालय अन्डर ग्रेड – ८ बास्केटबल टुर्नामेन्ट – २०७६ को प्रमुख अतिथि तारकेश्वर नगर शिक्षा प्रमुख होमनाथ न्यौपानेद्वारा माघ १२ गते एन्जल्स हर्टको प्राङ्गणमा उद्घाटन गरिएको थियो ।  प्रतियोगितामा विभिन्न विद्यालयबाट २० छात्र टिमहरुको सहभागिता रहेको छ । सहभागी टिमलाई ४ समुहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइएको छ ।

स्रोत - pharakpatra.com