
आज मिति २०७६-१०-१६ गते विहिबारक दिन विद्यालयको तर्फबाट आयोजित नियमित वार्षिक कार्यक्रम ३७ औं अभिभावक दिवस - २०७६ भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा नर्सरी देखि कक्षा -५ सम्मका विद्यार्थी तथा अभिभाबकहरु प्रति लक्षित गर्दै आयोजित कार्यक्रममा करिब ५०-६० गित/संगीत तथा नृत्यका साथ नाटकहरु प्रस्तुत भएका थिए । सरस्वती पुजाको विशेष अबसरमा १२० भन्दा बढी साना नानीबाबुहरू अक्षराम्भ कार्यक्रममा सहभागी हुँदै विशेष छुटका साथ भर्ना भएका छन् । धेरै भन्दा धेरै विद्यार्थी नानीबाबुहरुले आफ्नो प्रस्तुति राखेको कारण अभिभाकहरु अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए । कक्षा- ६ देखि १२ सम्मको अभिभावक दिवस आउँदो फाल्गुन- ८ मा आयोजना गरिने जनाकारी गराउन चाहन्छौँ ।
यस विशेष कार्यक्रम यसै विद्यालयका कार्यकारी अध्यक्ष श्री लिल बहादुर पुन ज्युको अध्यक्षतामा जिल्ला शिक्षा विकास समन्वय एकाई काठमण्डाैँका प्रमुख श्री नन्दलाल कंडेल ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन तथा सम्पन्न भएको थियो ।
-विद्यालय परिवार
