Posted On : 21 February 2020
Views : 1622

मिति २०७६-१०-१६ गते विहिबारको दिन विद्यालयको तर्फबाट आयोजित नियमित वार्षिक कार्यक्रम ३७ औं अभिभावक दिवस - २०७६ (Junior Parents Day) को अवसरमा युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगको लागि एञ्जल्स् हार्टको कक्षा ११ र १२ मा अध्ययनरत Hotel Management का भाइबहिनीहरुले फुड स्टल सञ्चालन गरेका थिए ।  उक्त फुड स्टलमा भाइबहिनीहरुले भेज मम, चिकेन मम, भेज बर्गर र चिकेन बर्गर बनाई बिक्री वितरण गरेका थिए । अभिभावक दिवस कार्यक्रममा उपस्थित अभिभावक तथा विद्यार्थी भाइबहिनीहरुले खानेकुराहरु निकै स्वादिलो भएको प्रतिक्रिया दिएका थिए ।

यस फुड स्टल सञ्चालन गर्नमा यसै विद्यालयका   संस्थापक सदस्य श्री याम बहादुर छन्त्याल र अभिभावक श्री महेन्द्र जुग्जाली ज्यूको महत्वपुर्ण सहयोग रहेको थियो र उहाँहरुलाई एञ्जल्स् हार्ट परिवारको तर्फबाट मुरी मुरी धन्यवाद छ ।

फाल्गुन १० गते शनिबार हुन गईरहेको ३७ औं अभिभावक दिवस - २०७६ (Senior Parents Day) को अवसरमा पनि तिनै कक्षा ११ र १२ मा अध्ययनरत Hotel Management का भाइबहिनीहरुले यसपटक  तारकेश्वर नगरपालिका वडा न १० स्थित लोकतान्त्रिक चोकमा निर्माणाधीन लोकतान्त्रिक पार्कको सहयोगार्थ फुड स्टल सञ्चालन गर्ने कुराको जानकारी यसै स्कुलका प्रिन्सिपल श्री धन बहादुर पुन ज्युले दिनु भयो । उहाँले भन्नु भयो – “भाइबहिनीहरुले अत्यन्तै मिठो खाने कुराहरु बनाएर हाम्रा अभिभावक तथा भाइबहिनीहरुलाई पस्किएका थिए । अर्को पल्ट खाने कुराहरुको आइटम अझै बढाउने सोच बनाएका छौँ ।"

प्रिन्सिपल श्री धन बहादुर पुन ज्युले भन्नु भयो - "Junior Parents Day मा फुड स्टलबाट बिक्री वितरण भइ संकलन भएको संकलित रकम राष्ट्रिय आविष्कार केन्द्रलाई र Senior Parents Day को अवसरमा फुड स्टलबाट बिक्री वितरण भइ संकलन भएको संकलित रकम लोकतान्त्रिक चोकमा निर्माणाधीन लोकतान्त्रिक पार्कको सहयोगार्थ वितरण गरिने छ ।"

  • एञ्जल्स् रिपोर्ट