Posted On : 27 February 2020
Views : 2032
आज मिति २०७६-११-१५ गते बिहीबारको दिन कक्षा ९ का भाइबहिनीहरु रानीपोखरी स्थित महानगरीय प्रहरी कार्यालयमा गई कुनै पनि नागरिकलाई अप्ठ्यारो परेको अवस्थामा कसरी सूचना दिने साथै CCTV फुटेजद्वारा घटेका विभिन्न घटनाहरु अवलोकन गरी आफु लगाएत अन्य नागरीक समेत कसरी सुरक्षित हुने भन्ने कुराको जानकारी प्राप्त गरे । त्यसैगरि नेपाल प्रहरी केनाइ महाशाखा महाराजगंजभित्र तालिम प्राप्त कुकुरहरुद्वारा अपराध कसरी पत्ता लगाउने जस्ता कुकुरद्वारा गरिएका क्रियाकलापहरु अवलोकन गरी विद्यार्थी भाइबहिनीहरुले महत्वपुर्ण जानकारी प्राप्त गरे ।
